१९ असार २०८३, शुक्रबार
अवस्था सामान्य बन्दै

तीनकुने क्षेत्रको कर्फ्यु हट्यो

चैत १६, २०८१
काठमाडौं
तीनकुने क्षेत्रको कर्फ्यु हट्यो

काठमाडौंको तीनकुने क्षेत्रमा जारी कर्फ्यु आदेश स्थगन गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार बिहान सूचना जारी गर्दै तीनकुने र आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो । 

शुक्रबार राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहित क्षेत्रमा बिहान ७ बजेसम्मका कर्फ्यु आदेश जारी गरेको थियो ।

राजावादीको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।

हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए ।


आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले केही राजावादी नेताहरूलाई नियन्त्रणमा लिएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्