![राजावादीले पुर्याएको क्षति अनुगमन गर्न तीनकुने पुगे गृहमन्त्री [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/tinkune_grihamantri_2_yEzwiG6KYH.jpg)
गृहमन्त्री रमेश लेखक तीनकुने पुगेर तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् । शनिबार बिहानै तीनकुने पुगेर उनले राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका हुन् ।
शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरूले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।
शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो ।




