२४ असार २०८३, बुधबार

तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाउनेलाई जरिवाना गर्दै काठमाडौं महागर

चैत १६, २०८१
काठमाडौं
तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाउनेलाई जरिवाना गर्दै काठमाडौं महागर

काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने-कोटेश्वर क्षेत्रमा विध्‍वंस मच्चाउनेलाई जरिवाना तिराउने भएको छ । 

हिंसात्मक आन्दोलनबाट भएको क्षतिको मूल्यांकनका लागि महानगरले टोली नै खटाएको छ । उक्त टोलीको प्रतिवेदनका आधारमा जरिवानाको निर्णय गरिने मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

सचिवालयका एक सदस्यका अनुसार महानगरपालिकाले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन गरेको हो । अध्ययन टोलीले प्रतिवेदन तयार पारेर मेयर शाहलाई बुझाएको छ । 

त्यसआधारमा जरिवानाको पत्र तयार भइरहेको उनले बताए । अन्य राजनीतिक दल वा समूहले गरेको जस्तो फोहोरको मात्रै जरिवाना नभएर अन्य तोडफोड र क्षतिको समेत जरिवाना गराउन तयारी भइरहेको उनले बताए ।

यसअघि गत फागुन २५ गते ज्ञानेन्द्रको स्वागतका लागि राप्रपाले कार्यक्रम गर्दा महानगरपालिकाले एक लाख रूपैयाँ जरिवाना तिराएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्