१० साउन २०८३, आइतबार

सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा​​​

चैत १७, २०८१
काठमाडौं
सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा​​​

राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूज टेलिभिजनका सुरेश रजकको स्मृतिमा 'टेलिभिजन पत्रकारिता पुरस्कारको  घोषणा​' गरिएको छ ।

एभिन्यूज खबरका अध्यक्ष भास्करराज राजकर्णिकारद्वारा आइतबार जारी विज्ञप्तिअनुसार 'सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता पुरस्कार' हरेक वर्ष चैत १५ गते प्रदान गरिने छ । ​

एभिन्यूजले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही, मृतक रजकलाई शहीद घोषणा र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सरकारसमक्ष यसअघि नै माग गरिसकेको छ । 

त्यसैगरी रजकको परिवारलाई रोजगारीका लागि पहल गर्ने, तत्कालका लागि काजकिरिया खर्चबापत १ लाख रुपैयाँ प्रदान गरिने राजकर्णिकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै एभिन्यूजले गरेको रजकको बीमा बापतको १० लाख रुपैयाँ प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने ​जनाइएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्