
काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन संयोजक तथा राप्रपाका महामन्त्री डा धवल शम्शेर राणाले आन्दोलनको गन्तव्य नजिक रहेको दाबी गरेका छन् ।
‘नआत्तिनुस् गन्तव्य नजिक छ, म ठिक छु सबैलाई भन्दिनु,’ आन्दोलन परिचालन संयोजक राणाले आइतबार काठमाडौँ जिल्ला अदालत परिसरमा उपस्थित नेता, कार्यकर्ता, शुभचिन्तकलाई भने ।
प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमा नेता राणा, संयुक्त जनआन्दोलन समितिका सदस्य सचिव लगायतलाई अदालतमा उपस्थित गराएको थियो । उनीलगायत सबैविरुद्ध ५ दिनको म्याद थप भएको ५ ।