१९ असार २०८३, शुक्रबार

रवीन्द्र र धवलशमशेरले अदालतमा के भने ?

चैत १७, २०८१
काठमाडौं
रवीन्द्र र धवलशमशेरले अदालतमा के भने ?

 राजसंस्था पुनर्स्थापना आन्दोलन समितिका नेताद्वय डा धवल शमशेर राणा र रवीन्द्र मिश्रले अस्पतालमा बस्ने सुविधा नलिने स्वघोषणा गर्दै हिरासतबाटै लडाइ लड्ने बताएका  छन् ।

‘स्वास्थ्य समस्याका कारण प्राप्त हुने अस्पताल बस्ने सुविधा म लिन इन्कार गर्दछु,’ संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य सचिव तथा राप्रपा उपाध्यक्ष मिश्रले काठमाडौँ जिल्ला अदालतको इजलासमा आइतबार भने ।

‘राज्यले ज्यान लिन्छ भने लिओस्‌, साथीको (रवीन्द्र मिश्र) साथ छाड्दिनँ, हिरासतमै बसेर लडाई लड्छु,’ आन्दोलन परिचालन संयोजक राणाले पनि इजलासमा बताएको उनका वकिलले बताए ।

राजसंस्था पुनर्स्थापना आन्दोलनका नेताहरू मिश्रको उच्च रक्तचाप र राणाको क्यान्सर उपचारका कारण अस्पताल राख्ने सुविधा प्राप्त होस् भनेर वकिलहरूले इजलासमा अनुरोध पेस गरेका थिए । दुवैले सो सुविधा नलिने जानकारी गराई वकिलहरूले निवेदन फिर्ता लिएका थिए । क्यान्सर रोगको शल्यक्रिया गरेका राणा नियमित परीक्षणका लागि वैशाख १५ गते भारत जानुपर्ने थियो ।

मिश्र र राणाले इजलासमा भने, ‘आगजनी, लुटपाट, गोली हान्ने, अश्रुग्याँस हान्ने, मान्छे मार्ने कार्यमा हाम्रो संलग्नता छैन । सरकारले शान्तिपूर्ण जनप्रदर्शनमा हामीलाई बरु दमन गर्‍यो, भीडलाई उत्तेजित बनाउने काम गर्‍यो ।’

अदालतले चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका सम्बन्धमा मिश्र र राणासहित ४१ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्