२५ असार २०८३, बिहीबार

गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

चैत १७, २०८१
काठमाडौं
गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेङ्ढुवा गाउँमा पसेको बयस्क भाले पाटेबाघलाई आज नियन्त्रणमा लिइएको छ ।
    
खेतको बिचको नाला रहेको क्षेत्रमा प्राविधिक टोलीले डार्ट (बेहोस) गरी बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था जाँच गरी सोमबार सुरक्षित बासस्थानमा छाडिने कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए । 

salt training

कमेन्ट गर्नुहोस्