
नेपाल बिमा प्राधिकरणले चैत १५ गते काठमाडौंको तीनकुनेहित विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्योट गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले आइतबार सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन दिएको लनाएको छ ।
हुलदङ्गाका कारण भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’को लिङ्कमार्फत् साप्ताहिक रूपमा हरेक हप्ताको बुधबार प्राधिकरणमा पेस गर्न निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिइएको छ ।
चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा प्रदर्शनकारीले निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । आन्दोलनका क्रममा दुई जनाको ज्यानसमेत गएको थियो ।