२७ असार २०८३, शनिबार

पुटिनसँग किन रिसाए ट्रम्प ? दिए यस्तो चेतावनी

चैत १८, २०८१
काठमाडौं
पुटिनसँग किन रिसाए ट्रम्प ? दिए यस्तो चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै रिसाएको र दुखी भएको बताएका छन् । 

एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि पुटिनले आक्रमण गरेको बताए ।

पुटिनले जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेकोले आफू रिसाएको र दुखी भएको उनको भनाइ छ ।

अन्तर्वार्तामा ट्रम्पले पुटिन युद्धविराममा सहमत नभए रुसबाट तेल खरिद गर्ने देशहरूमा ५० प्रतिशत कर लगाउन सक्ने बताए ।

'यदि रुस रक्तपात रोक्ने सहमतिमा पुग्न सकेन भने मलाई लाग्छ कि यो रुसको गल्ती हो । म रुसबाट आउने सबै तेलमा अतिरिक्त शुल्क लगाउनेछु।'

ट्रम्पको भनाइमा अमेरिकी राष्ट्रपतिको कार्यालयबाट कुनै प्रतिक्रिया आएको छैन ।

युक्रेनमा युद्धविरामका लागि वार्ता गर्दा ट्रम्प पुटिनसँग धेरै नजिक भएकोमा युरोपेली नेताहरू चिन्तित थिए।
तर, विगत ६ हप्तामा ट्रम्पले जेलेन्स्कीमाथि बारम्बार कडा माग गरेका छन् र पुटिनको पक्षमा धेरै बयान दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्