१३ असार २०८३, शनिबार

प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमणबारे संसद्लाई जानकारी

चैत १८, २०८१
काठमाडौं
प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमणबारे संसद्लाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए ।

यही चैत १९ गतेबाट थाइल्यान्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ ।

प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रूपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्त्वपूर्ण हुने बताए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र थाइल्यान्डका नरेश तथा समकक्षीबीच भेटवार्ता हुनेछ । भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुने कार्यतालिका रहेको छ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने छन् ।

यस्तै उनले बिमस्टेक शिखर सम्मेलनलाई चैत २२ गते सम्बोधन गर्ने र लगत्तै बाँकी मुलुकका नेताहरूसँग साइडलाइन वार्ता गर्ने तालिका रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्