२३ जेठ २०८३, शनिबार

पुटिनमाथि कड्किए ट्रम्प, रुसी तेलमाथि अतिरिक्त करको धम्की

चैत १८, २०८१
काठमाडौं
पुटिनमाथि कड्किए ट्रम्प, रुसी तेलमाथि अतिरिक्त करको धम्की
फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आक्रोशित बनेका छन् ।

पुटिनले गत शुक्रबार युक्रेनमा नयाँ अन्तरिम सरकारको आवश्यकताबारे गरेको टिप्पणीको जवाफमा ट्रम्पले आफू धेरै रिसाएको र चिढिएको बताएका हुन् ।

पुटिनको यो भनाइलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रत्यक्ष रूपमा सत्ताबाट हटाउने उद्देश्यका साथ आएको भन्दै ट्रम्पले आलोचना गरेका हुन् ।

ट्रम्पले युक्रेनमा युद्धविरामका लागि मस्को जिम्मेवार नहुने हो भने रुसबाट बाहिरिने सबै पेट्रोलियम पदार्थमा थप कर लगाउने चेतावनी दिएका छन् ।

उनले भने, 'यदि मस्कोले शान्ति प्रक्रियालाई असफल बनायो भने हामी रुसी तेल र ग्यासमाथि कडा कर लगाउनेछौं ।'

यो कदमले रुसको अर्थतन्त्रलाई प्रभावित गर्न सक्ने विश्लेषकहरूले बताएका छन् । रुसको अर्थतन्त्र तेल र ग्यास निर्यातमा टिकेको छ । यद्यपि, ट्रम्पले पुटिन सहि दिशातर्फ जाने अपेक्षा रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्