१९ असार २०८३, शुक्रबार

रसुवाको दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, १ सय ५० जना लाभान्वित

चैत १८, २०८१
रसुवा
रसुवाको दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, १ सय ५० जना लाभान्वित

रसुवाको अति दुर्गम गाउँ ग्रे तथा नेसिङमा पहिलोपटक सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १५० जना स्थानीयवासी लाभान्वित भएका छन् ।​​​

दोवु, तेम्वा, फुर्पू आधारभूत अस्पताल गोल्जुङ रसुवाको आयोजनामा सञ्चालन भएको सो स्वास्थ्य शिविरबाट  दमका ११, मधुमेहका चार, उच्च रक्तचापका आठ,  चारजना गर्भवती महिलासहित पेटसम्बन्धी पीडित स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको डा. सरोज श्रेष्ठले जानकारी दिए ।

गत हप्ता ग्रे गाउँमा भएको शिविरमा १०० र नेशिङ गाउँको शिविरमा ५० जनाको स्वास्थ्य  परीक्षण तथा उपचार गरिएको सो अस्पतालले स्पष्ट गरेको छ ।

ग्रे गाउँका समाजसेवी दावादोर्चे तामाङका अनुसार स्वास्थ्य उपचार सेवा लिनबाट वञ्चित दुर्गम गाउँका गरिब तथा असहाय  जनता लाभान्वित भएको र यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आगामी दिनमा पनि सञ्चालन भइदिए हुन्थ्यो भन्ने अपेक्षा गाउँलेको छ ।

शिविर सञ्चालन गर्ने नेतृत्वकर्ता डा. श्रेष्ठले सदरमुकाम धुञ्चेको पश्चिमतर्फ त्रिशूली र भोटेकोशीपारिको विकट बस्ती  ग्रे तथा नेसिङ गाउँका बासिन्दाको मागबमोजिम आगामी दिनमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्