२३ जेठ २०८३, शनिबार

राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न रास्वपाले बनायो कार्यदल

चैत १८, २०८१
काठमाडौं
राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न रास्वपाले बनायो कार्यदल

रास्वपाले पार्टीको तर्फबाट राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न एक कार्यदल बनाएको छ । सोमबार सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले उपसभापति द्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्रीहरु सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा तोसिमा कार्की सम्मिलित मिसन ब्लुप्रिन्ट कार्यदल गठन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

त्यस्तै लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी तोकिएको उनले बताए । यस्तै पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।

पार्टीको पहिलो महाधिवेशन समयमै सम्पन्न गर्ने पनि बैठकले निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्