२४ जेठ २०८३, आइतबार

कर्णाली प्रदेशसभा परिसरबाट धर्नारत कर्मचारीलाई बाहिर निकालियो, सुरक्षा व्यवस्था कडा

चैत १८, २०८१
सुर्खेत
कर्णाली प्रदेशसभा परिसरबाट धर्नारत कर्मचारीलाई बाहिर निकालियो, सुरक्षा व्यवस्था कडा

निजामती सेवा विधेयकको विषयलाई लिएर सोमबार बिहानैदेखि धर्नामा बसेका कर्मचारीहरूलाई कर्णाली प्रदेशसभा परिसरबाट बाहिर निकालिएको छ । 

अहिलेसम्म कर्णाली प्रदेशसभाको बैठक भने शुरू हुन सकेको छैन । विधेयकका विषयमा प्रदेश मामिला समितिमा अहिले पनि छलफल भइरहेको छ ।

पछिल्लो समय प्रदेशसभा सचिवालयले साढे सात बजे प्रदेशसभाको बैठक स्थगित गरेको सूचना निकालेको  थियो । अबको दुई घण्टाभित्र बैठक बसिसक्नुपर्ने प्रदेशसभा नियमावलीमा उल्लेख छ ।

अहिले प्रदेशसभा बाहिर विधेयक पारित गर्नुपर्ने पक्षधर कर्मचारी र पारित गर्न हुन्न भन्ने पक्षका कर्मचारीहरूको भीड बढिरहेको छ । जसका कारण प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । 

यो पनि पढ्नुहोस्- प्रदेश निजामती ऐन संशोधन : समिति निष्कर्षमा पुगेन, प्रदेशसभाभित्रै कर्मचारीको धर्ना

salt training

कमेन्ट गर्नुहोस्