१९ असार २०८३, शुक्रबार

पूर्वराजालाई जरिवाना गर्ने निर्णय फिर्ता लिन आग्रह

चैत १८, २०८१
काठमाडौं
पूर्वराजालाई जरिवाना गर्ने निर्णय फिर्ता लिन आग्रह

 ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गराउने पत्र काट्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

समितिका कार्यबाहक संयोजक जगमान गुरुङले सोमबार जारी गरेको विज्ञप्तिमा तीनकुनेको प्रदर्शनमा फोहोर गरेको लगायतका विषयमा पूर्वराजालाई जरिवाना गर्न नमिल्ने जिकिर गरिएको छ । 

‘उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरु स्वयमले लिने हो । सो निर्णय काठमाडौं महानगरपालिकाले तत्काल फिर्ता नलिएमा सो विरुद्ध कानुनी र अन्य मार्ग प्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ । 

शुक्रबार  तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग पूर्वस्वीकृति लिएर संयुक्त जनआन्दोलन समितिको अपनत्वमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।  

salt training

कमेन्ट गर्नुहोस्