
सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सोमबार राति अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकले जारी हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय भएको उनको भनाइ छ ।