३० जेठ २०८३, शनिबार

बस्तीबाट नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने

चैत १९, २०८१
कञ्चनपुर
बस्तीबाट नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
फाइल तस्वीर

बेलौरी नगरपालिका–२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ ।
 
वन प्राविधिकको टोलीले आइतबार गहुँ खेतबाट पाटेबाघलाई डार्ट (बेहोस) गरेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ ।
 
'नियन्त्रणमा लिएर संरक्षणमा राखिएको बाघको स्वास्थ्य परीक्षणको कार्य गर्दा स्वस्थ देखिएको छ,' डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले भने, 'घाउ चोटपटक पनि छैन, बाघ तन्दुरुस्त छ ।'

यथाशीघ्र निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित स्थानमा छाड्ने तयारी भइरहेको उनले बताए । 

डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई वटा हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो । बस्तीबीचको गहुँ खेतमा पसेको बाघलाई खोज्न ड्रोन क्यामेराको सहायता लिइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्