
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ ।
मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हिजो भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । जारी आइपीएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो । यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको छ ।
कोलकाताले जितका लागि दिएको एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।