०६ असार २०८३, शनिबार

खानेतेलको मूल्य बढ्यो

चैत १९, २०८१
काठमाडौं
खानेतेलको मूल्य बढ्यो

पछिल्लो चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपियाँसम्म बढेको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो । 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँ बढेको छ । गएको पुसमा प्रतिलिटर ३७० रुपियाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ रुपियाँ बढेर प्रतिलिटरको ४१० रुपियाँ खुद्रा मूल्यमा किनबेच भएको सङ्घले जनाएको छ ।

 सङ्घका अनुसार सो अवधिमा काँचो तोरी तेल प्रतिलिटर ३१० रुपियाँमा पाइएकोमा १५ रुपियाँ बढेर प्रतिलिटर ३२५ रुपियाँमा कारोबार भएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्