२३ जेठ २०८३, शनिबार

बुधबारसम्ममा स्ववियु निर्वाचन हुनैपर्ने

चैत १९, २०८१
काठमाडौं
बुधबारसम्ममा स्ववियु निर्वाचन हुनैपर्ने

 त्रिभुवन विश्वविद्यालय (त्रिवि) का १८ वटा आङ्गिक क्याम्पसमा बुधबारभित्र निर्वाचन गर्न नसके दुई वर्षका लागि स्वतन्त्र विद्यार्थी युनियन खारेज हुने भएको छ ।

चैत २० गतेभित्र निर्वाचन गर्न नसकेमा यी क्याम्पसमा अर्को पटक अर्थात् दुई वर्षपछि मात्रै निर्वाचन हुने छ । किनकि त्रिविको स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०८१ ले पहिलो पटक तोकिएको मितिमा निर्वाचन हुन नसकेको १५ दिनभित्रमा निर्वाचन सम्पन्न गर्नैपर्ने व्यवस्था गरेको छ । त्रिविले पहिलो पटक चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको थियो । नयाँ व्यवस्था अनुसार अब बाँकी रहेका क्याम्पसमा चैत २० गतेभित्रमा निर्वाचन गर्नै पर्छ । यसअघि पहिलो पटक तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन नसकेमा ३० दिनभित्र गर्न सकिने व्यवस्था थियो । पुरानो उक्त व्यवस्थालाई संशोधन गरेर २०८१ को निर्देशिकाले नयाँ व्यवस्था गरेको हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्