
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।
यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
हिउँदे अधिवेशन अन्तरगतको अन्तिम बैठक आज बस्दैछ ।