२१ असार २०८३, आइतबार

भरुवा बन्दुकसहित २ जना पक्राउ

चैत १९, २०८१
धनकुटा
भरुवा बन्दुकसहित २ जना पक्राउ

धनकुटा साँगुरीगढी गाउँपालिका- ८ स्थितमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ३२ वर्षीय तेजकुमार विक र ३८ वर्षीय मानभा राई रहेका कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनीहरूको साथबाट १ नाल भरुवा बन्दुक र बारुद बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले ढुंग्रेबाट सिन्कुला आउँदै गरेको प्र-१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्