२४ जेठ २०८३, आइतबार

गृहमन्त्रीले संसद्‌मा बोल्नका लागि मागेका थिए समय, शोक प्रस्तावका कारण पाएनन्

चैत १९, २०८१
काठमाडौं
गृहमन्त्रीले संसद्‌मा बोल्नका लागि मागेका थिए समय, शोक प्रस्तावका कारण पाएनन्

गृहमन्त्री रमेश लेखकले मंगलबार संसद्‌मा बोल्नका लागि समय मागे पनि शोक प्रस्तावका कारण उक्त कार्यक्रम स्थगित भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले समय माग गरे पनि राप्रपा सांसद दीपक बोहराको निधनका कारण त्यो कार्यक्रम स्थगित भएको हो ।

राजावादी विभिन्न संस्थाको आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटना सम्बन्धमा गृहमन्त्रीले बोल्नका लागि समय माग गरेका थिए । ‘माननीय गृहमन्त्रीले बोल्नका लागि समय माग्नु भएकोमा सो समेत हटाइएको व्यहोरा जानकारी गराउँछु,’ संसद्को कार्यसूची हटाइएको बारे सभामुख देवराज घिमिरेले भने ।

तीनकुनेमा भएको घटनाबारे सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा तीनकुने घटना भएको बताएका थिए ।

घटनाको भोलिपल्ट स्थलगत अवलोकन गरेका गृहमन्त्रीले क्षतिबारे विस्तृतमा संसद्लाई जानकारी गराउन खोजेका थिए । 

बहालवाला सांसदको मृत्यु भइ शोक प्रस्ताव पारित गर्ने दिन संसद्का अन्य कार्यक्रम हटाउने संसदीय प्रचलन छ ।

salt training

कमेन्ट गर्नुहोस्