१० साउन २०८३, आइतबार

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक

चैत १९, २०८१
काठमाडौं
चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक

एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाइ, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे । तिनै पानामा फोटोहरू टाँसिन्थे, अनि जीवनका अविस्मरणीय क्षणहरू अक्षरमा कैद गरिन्थ्यो । 

प्रेमी-प्रेमिकाले सँगै बिताएका पलहरू, साझा सपना र गहिरा भावना डायरीका हरफहरूमा जिउँदै थिए । तर, डिजिटल युगको उदयसँगै त्यो परम्परा धमिलो बन्दै गयो, स्मृतिहरू अब स्क्रिनमा कैद हुन्छन्, तर तिनको आत्मीयता कत्तिको बाँकी छ भन्ने प्रश्न उठ्न थाल्यो ।

यही भुलिँदै गएको समयलाई मंगलबार रिलिज गरिएको चलचित्र ‘ऊनको स्वीटर’को टिजरले पुनः जीवित गरिदिएको छ, जहाँ डायरीका पानाहरू पल्टाउँदा निस्कने पुरानो यादको सुवास अझै पनि ताजा महसुस गर्न सकिन्छ । लामो समयदेखि प्रतीक्षामा रहेको यस चलचित्रको टिजरमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा प्रस्तुत गरिएको छ ।

चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् । साथै, विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको पनि प्रमुख अभिनय रहेको छ । यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतार-चढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ । 

विपिन र मिरुनाको अभिनयमार्फत् प्रेम र स्मृतिका गहिराइ बुन्न खोजिएको छ भने एलेक्स र परीक्षाले प्रेममा आउने नोकझोक र भावनात्मक टकराबलाई जीवन्त बनाएका छन् । अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।

टिजरमा मिरुनाले दिएको डायरीमा विपिन आफ्ना भावना लेख्दै गरेको दृश्य प्रस्तुत गरिएको छ । विपिनले सांकेतिक रूपमा प्रेमका कुरा व्यक्त गरेका छन् भने, मिरुनाले प्रेम रहे पनि त्यसमा जटिलता रहेको संकेत गरेकी छन् ।

हेर्नुहोस् टिजर :

 

salt training

कमेन्ट गर्नुहोस्