३२ असार २०८३, बिहीबार

भन्सार छलीको फेन्सी सामानसहित पिकअप गाडी सशस्त्रको नियन्त्रणमा

चैत १९, २०८१
काठमाडौं
भन्सार छलीको फेन्सी सामानसहित पिकअप गाडी सशस्त्रको नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपालले भन्सार छलीको फेन्सी सामानसहित एक पिकअप गाडी महोत्तरीमा नियन्त्रणमा लिएको छ । 

करिब ८ लाख ९९ हजार ८९० रूपैयाँ बराबरको अवैध सामानसहितको बलेरो पिक गाडी महोत्तरीको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट नियन्त्रणमा लिएको हो ।

भारतबाट अवैध रूपले भन्सार छली बीआर ०६–जीजी ४७६५ नम्बरको गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको ब्याग, टोपी, बेल्ट, चस्मा, घडी लगायतका फेन्सी सामानको बिलबिजक नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जलेश्वरले नियन्त्रणमा लिएको सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बरामद सामान तथा गाडीको भन्सार दाखिला मूल्य १८ लाखसहित जम्मा मूल्य २६ लाख ९९ हजार ८९० रूपैयाँ कायम गरी जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाइएको डीएसपी थापाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्