११ साउन २०८३, सोमबार

सांसद दीपक बोहोराको निधनमा बालकृष्णले दिए श्रद्धाञ्जली

चैत १९, २०८१
काठमाडौं
सांसद दीपक बोहोराको निधनमा बालकृष्णले दिए श्रद्धाञ्जली

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले राप्रपा नेता दिवंगत दीपक बोहोराप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सँगै प्रतिस्पर्धा गरेका सांसद बोहोराको मंगलबार निधन भएपछि खाणले श्रद्धाञ्जली अर्पण गरेका हुन् । बोहोराको निधनबाट आफू स्तब्ध भएको खाणले उल्लेख गरेका छन ।

‘मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु’, खाणले विज्ञप्ति जारी गर्दै भनेका छन् । 

गत निर्वाचनमा उनीहरूले रूपन्देही- ३ मा प्रतिस्पर्धा गरेका थिए । बोहोराले खाणलाई पराजित गरेका थिए ।  एमालेसँग तालमेल गरेका बोहरा २६८१ मतान्तरले विजयी भएका थिए ।

उनले ३६ हजार ७१७ मत प्राप्त गर्दा बहालवाला गृहमन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । 

पूर्वमन्त्रीसमेत रहेका ७६ वर्षीय बोहोराको उपचारका क्रममा मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । उनको मृत्यु भएसँगै प्रतिनिधिसभामा रूपन्देही-३ को प्रतिनिधित्व रिक्त भएको  छ । 

प्रतिनिधिसभाको अवधि ६ महिना बाँकी रहँदासम्म मृत्यु वा अन्य कुनै कारणले सदस्य रिक्त भए उपनिर्वाचन गर्नुपर्ने प्रावधान निर्वाचन कानूनमा उल्लेख । 

salt training

कमेन्ट गर्नुहोस्