०४ साउन २०८३, सोमबार

पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

चैत २०, २०८१
काठमाडौं
पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

बुधबार बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सोसल मिडिया प्लेटफर्म एक्समा पाकिस्तानमा भूकम्पको तीव्रता ४.३ रहेको बताएको छ । सोही समयमा अफगानिस्तानमा भूकम्पको तीव्रता ४.७ थियो ।

पाकिस्तानमा भूकम्पको केन्द्रविन्दु जमिनबाट १२० किलोमिटर गहिराइमा थियो। सोही क्रममा अफगानिस्तानमा गएको भूकम्पको केन्द्रविन्दु जमिनबाट १९३ किलोमिटर गहिराइमा थियो ।

गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पले दुवै देशमा ठूलो जनधनको क्षति गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्