
अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई जागिरबाट निकाल्न शुरू गरेको छ । मंगलबार कर्मचारीलाई कार्यालयको गेटमै रोकिएपछि कामबाट निकालिएको थाहा भएको हो । यस्ता काममा धेरै उच्च अधिकारी संलग्न थिए ।
अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीलाई हटाउने घोषणा गरेका थिए।
अमेरिकी राष्ट्रपतिको कार्यालयले गत हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए) का ३ हजार ५०० कर्मचारी हटाउने योजना रहेको बताएको थियो।
एकै साथ, युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनबाट २ हजार ४०० कामदारलाई निकालिने बीबीसीले जनाएको छ । यसबाहेक राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानबाट एक हजार २ सय कर्मचारीलाई पनि हटाउनु पर्ने प्रशासनले जनाएको छ ।