![शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित सडकमा ओर्लिए शिक्षक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Teachers_Protest_11_d9tkJDouHw.jpg)
विद्यालय शिक्षा ऐन जारी र विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै शिक्षकहरू फेरि आन्दोलित भएका छन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकले काठमाडौंकेन्द्रित आन्दोलन थालेका हुन् । जसअन्तर्गत बुधबार उनीहरूले काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालेका छन् ।
र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुनेछ। र्यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने महासंघको दाबी छ ।
यसअघि महासंघको अगुवाइमा ज्ञापनपत्र बुझाउने, विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम भएका थिए ।
आन्दोलनका लागि शिक्षकहरू काठमाडौं आउने क्रम जारी रहेको महासंघले जनाएको छ ।









