
काठमाडौं उपत्यकाको प्रमुख क्याम्पसमध्ये एक त्रिचन्द्रमा भएको स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले अग्रता कायमै राखेको छ ।
अध्यक्षमा नेविसंघका गोविन्द कोइरालाले ३३४ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले १७७ मत पाएका छन् ।
तेस्रोमा रहेका अखिल गठबन्धनका प्रमित विष्टले १३४ मत पाएका छन् । यो ६८२ मत गन्दाको परिणाम हो ।
मंगलबार भएको स्ववियु निर्वाचनमा त्रिचन्द्र कलेजमा २६७१ मत खसेको थियो ।
सचिवतर्फ आशिष गिरीले २६६, गौरव पाण्डेले २०४ र सुमन पुलामी मगरले १३१ मत पाएका छन् ।