२७ असार २०८३, शनिबार

राप्रपा नेता बोहराको पशुपतिमा अन्त्येष्टि

चैत २०, २०८१
काठमाडौं
राप्रपा नेता बोहराको पशुपतिमा अन्त्येष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहोराको बुधबार अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा मंगलबार ७६ वर्षको उमेरमा निधन भएको थियो ।  

सांसद बोहोराको बुधबार पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिए । 

सभामुख देवराज घिमिरे, उप्रप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा राप्रपाका नेता कार्यकर्ताले पशुपति आर्यघाटमा पुगेर नेता बोहोराप्रति श्रद्धाञ्जली अर्पण गरे । 

त्यसैगरी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेता बोहोराको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरे । त्यसअघि राप्रपाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उपसभामुख इन्दिरा राना, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, नेकपा (एमाले) सचिव योगेश भट्टराई र राप्रपाका नेता तथा कार्यकर्ताले बोहोराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्