
काठमाडौं उपत्यकाको वायु प्रदूषण आज खतरनाक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज ९ बजे काठमाडौंको वायु गुणस्तर ३७५ एक्यूआई पुगेको हो ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे खतरनाक हुन्छ ।
आज बिहान नेपालको काठमाडौं विश्वकै प्रदूषित सूचीको दोस्रो स्थानमा छ । पहिलो नम्बरमा भने इराकको बग्दाद परेको छ ।