१४ असार २०८३, आइतबार

बागलुङमा जीप दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

चैत २१, २०८१
बाग्लुङ
बागलुङमा जीप दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गलकोट नगरपालिका– ३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग १ ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट– ११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गलकोट– ५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।​​

पिकअपमा चार जना सवार रहेको उनको भनाइ छ ।

घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए ।​​

चैतेदशैं मेलाका लागि कोटमैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्