
संसद् र संसदीय समितिका बैठकमा बिरलै उपस्थित हुने नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार कानून न्याय तथा मानवअधिकार समितिमा उपस्थित भएका छन् ।
संसद् सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकमा देउवा उपस्थित भए पनि एकै शब्द बोलेनन् ।
लगातार १० बैठकमा अनुपस्थित भएमा समितिको सदस्यबाट हट्न सक्ने संसद् नियमावलीको व्यवस्थाका कारण देउवा बेलाबखत समितिमा उपस्थित हुने गरेका छन् । ‘बैठकमा उपस्थित भए पनि माननीय देउवा बोल्नुभएन,’ समितिका एक सदस्यले भने ।
संसदीय समितिका बैठकमा बिरलै उपस्थित हुने देउवा संसदको बैठकमा पनि कम उपस्थित हुने सांसद हुन् । चैत १९ गते सकिएको प्रतिनिधिसभाको अधिवेशनमा लगातार १० बैठकमा अनुपस्थित भएका देउवाको हाजिरी स्वीकृत गराइएको थियो ।
बिहीबारको बैठकले कही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ पारित गरेको छ ।
विभिन्न ८१ वटा ऐनलाई संशोधन गर्न ल्याइएको विधेयक बिहीबार पारित भएको समिति सभापति विमला सुवेदीले लोकान्तरलाई जानकारी दिइन् ।