
वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका– ५ घर भएका २८ वर्षीय सुरेश माक छन् ।
सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
'सुरेशले सर्बिया पठाइदिने भन्छु भन्दै पाँच जना पीडितहरूबाट रु ३२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो,' उनले भने ।
पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले बताए ।