१९ असार २०८३, शुक्रबार

नेपालगञ्ज क्षेत्रमा बढ्यो पेट्रोलियम पदार्थको खपत

चैत २१, २०८१
बाँके
नेपालगञ्ज क्षेत्रमा बढ्यो पेट्रोलियम पदार्थको खपत

विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेको छैन ।

नेपालगञ्जस्थित नेपाल आयल निगम लिमिटेड इन्धन डिपोको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको बिक्रीदर बढेको हो । ​

यहाँस्थित इन्धन डिपोका प्रमुख मनोहर डीसीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा पेट्रोल १०, डिजेल पाँच, मट्टितेल चार र एलपी ग्यास छ प्रतिशतले बिक्रीदर वृद्धि भएको जानकारी दिए ।

उनका अनुसार चालू आवको फागुन मसान्तसम्म डिपोबाट पेट्रोल १९ हजार ७४२ केएल, डिजेल ५० हजार ७९८ केएल, मट्टितेल ३३२ केएल र एलपी ग्यास ३१ हजार ९६२ केएल बिक्री भएको छ ।

गत आवको सोही अवधिसम्ममा पेट्रोल १७ हजार ९२७ केएल, डिजेल ४८ हजार ३९० केएल, मट्टितेल ३२० केएल र एलपी ग्यास ३० हजार २९३ केएल बिक्री भएको थियो । 

यस डिपोमा पेट्रोल ९७० केएल, डिजेल दुई हजार २८० केएल, मट्टितेल १४० केएल र एलपी ग्यास २८० केएल भण्डारण क्षमता रहेको प्रमुख डीसीले जानकारी दिए ।

डिपोले लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, प्युठान र रोल्पा तथा कर्णाली प्रदेशको सल्यान, सुर्खेत, जुम्ला, पश्चिम रुकुम, डोल्पा र जाजरकोटमा रहेका एक सय छ डिलरलाई पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्