०३ असार २०८३, बुधबार

धनकुटाको दुई वटा सामुदायिक बनमा भिषण आगलागी

चैत २१, २०८१
काठमाडौं
धनकुटाको दुई वटा सामुदायिक बनमा भिषण आगलागी

धनकुटाको दुई वटा सामुदायिक बनमा आगो लागेको छ । धनकुटा नगरपालिका–५ स्थित बडहरे सामुदायिक बन र वडा नं. ७ मा चुली बनमा आगो लागेको हो । 

 बिहीबार दिउँसोबाट सुरु भएको आगो अझै नियन्त्रण हुन सकेको छैन । आगो बढ्दै गएकाले जलाधार क्षेत्रमा रहेको बस्ती जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नयाँ उपरीक्षक ओम प्रकाश खनालले बताए । खनालका अनुसार यो बस्ती जंगलबाट दुई अढाई सय मिटर पर रहेको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्। 

सडक नहुँदा दमकल आगलागी क्षेत्रमा पुग्न नसकेको प्रहरीले जनाएको छ  । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्