
गोरखाको हुलाक कार्यालय मातहत रहेका अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन् । चिठी आदानप्रदान कम हुन थालेपछि २१ वटा कार्यालय बन्द गरिएको हो । यसअघि जिल्लामा कूल ५६ अतिरिक्त हुलाक कार्यालय थिए ।
सरकारको निर्णयअनुसार उक्त कार्यालय खारेज गरिएको कार्यालयका सूचना अधिकारी नगेन्द्र आलेमगरले बताए । “सरकारले गतवर्ष प्रस्तुत गरेको बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णय गरेको थियो”, उनले भने, “सोही बमोजिम जिल्लामा अतिरिक्त कार्यालय बन्द भएका हुन् ।” त्यहाँ कार्यरत कर्मचारीलाई गत साउनमा नै सेवा सुविधा दिएर घर पठाइएको उनले जानकारी दिनए ।
कार्यालयको तथ्याङ्कअनुसार गत आव व्यक्तिगत र सरकारी गरी कूल २२ हजार दुई सय ३० वटा चिठीपत्र आदानप्रदान भएको थियो । आव २०७९/८० मा १७ हजार ४९ र २०७८/७९ मा १६ हजार ३४ वटा चिठीपत्र आदानप्रदान भएको कार्यालयले जनाएको छ ।