१९ असार २०८३, शुक्रबार

तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन

चैत २१, २०८१
काठमाडौं
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिको आजको बैठकले युवामन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै मितिमा खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।

समिति सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापनको कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न र भव्यताका साथ तोकिएकै मितिमा खेलकुद प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताए । प्रतियोगिता आगामी २०८२ जेठ ३ देखि १० सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ ।     

युवामन्त्री चौधरीले खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए । उनले खेलाडीलाई तयारी अवस्थामा राखिएको बताए । उनले सुशासन, व्यवस्थापनमा केही कठिनाइ आउने भन्दै त्यसलाई नै मध्यनजर गरेर काम भइरहेको उल्लेख गरे ।

समिति सदस्य रेखा शर्माले जुनसुकै हालतमा प्रतियोगिता आयोजना गर्नुपर्ने बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्