
हामी प्रायः जागिरका लागि बनाइएका रचनात्मक बायोडाटाहरूबारे सुन्छौं। तर, राजीनामा सामान्यतया एकदमै सीधा हुन्छ ।
तर, अहिले एउटा राजीनामा पत्र भाइरल भइरहेको छ, जसमा एक कर्मचारीले केवल सात शब्दमा राजीनामा दिएका छन् ।
एक व्यक्तिले सामाजिक सञ्जाल प्लेटफर्म रेडिटमा उक्त पत्र साझा गरेका छन्, जसमा दाबी गरिएको छ कि यो कर्मचारी उनको सहकर्मी थिए ।
ती व्यक्तिले लेखेका छन्, 'हाम्रो एक कर्मचारी हराइरहेका थिए । त्यसपछि हामीले यो उनको डेस्कमा भेट्टायौं । त्यो डेस्कमा रहेको पत्रका शब्दहरू थिए, 'दानको लेखाजोखाको काम मेरो लागि होइन । म जागिर छोड्दै छु।'
च्यारिटी एकाउन्टेन्टहरू विशेषज्ञ हुन् जसले गैरसरकारी संस्थाको वित्तीय व्यवस्थापन र रिपोर्टिङ हेर्छन् ।
