![बार निर्वाचनको पछिल्लो परिणाम : श्रेष्ठभन्दा मिश्र ३७७ मतले अगाडि, अरूले कति पाए ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nepal_bar_final_qUBToYsqyr.jpg)
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्ता समीकरणका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन् ।
मतगणनाको पछिल्लो नतिजाअनुसार सत्ता समीकरणका उम्मेदवार विजयप्रसाद मिश्रले अग्रता बढाउँदै लगेका हुन् ।
पछिल्लो अपडेटअनुसार मिश्रले ९३३ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठले ५५६ मत प्राप्त गरेका छन् ।
यसैगरी, अध्यक्षका अन्य उम्मेदवार राजु कैतीले ६, आशिष पौडेलले ८ र उज्जल घिमिरेले ३ मत पाएका छन् ।
यस्तै, उपाध्यक्षमा पदमप्रसाद लिम्बूले १००५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कर्णबहादुर राईले ४६४ मत ल्याएका छन् ।
२७औं केन्द्रीय कार्यसमितिको २५ सदस्यका लागि ५७ जना चुनावी मैदानमा छन् ।
कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो ।
बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । काठमाडौं र बाहिरगरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।
कसले कति मत पाए ?
