२१ असार २०८३, आइतबार

सरकारको एक्लो प्रयासबाट विपद् घटाउन सकिँदैन, सामूहिक पहल गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

चैत २६, २०८१
तनहुँ
सरकारको एक्लो प्रयासबाट विपद् घटाउन सकिँदैन, सामूहिक पहल गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामूहिक प्रयासबाट विपद् घटाउन सकिने बताएका छन् ।

सशस्त्र प्रहरी बल मनकामना गणले बन्दीपुर गाउँपालिका–४ नयाँपुलमा आज आयोजना गरेको विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारको एक्लो प्रयासबाट विपद् घटाउन नसकिने भएकाले त्यसमा सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले विपद्का घटना रोक्न नसकिने भए पनि क्षति घटाउनेतर्फ सबै सचेत हुनुपर्ने बताए ।

विपद्का बेला पहिलो उद्धारकर्ता स्थानीय हुने भएकाले उनीहरुलाई उद्धारसम्बन्धी तालिम दिन आवश्यक भएको बताए ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विपद्का घटनामा सबैले चनाखो हुनुपर्नेमा जोड दिँदै क्षति कम गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्