२७ असार २०८३, शनिबार

बारको निर्वाचन : रमणभन्दा विजय दोब्बर मतले अगाडि, अरू कसले कति पाए ? [सूचीसहित]

चैत २७, २०८१
काठमाडौं
बारको निर्वाचन : रमणभन्दा विजय दोब्बर मतले अगाडि, अरू कसले कति पाए ? [सूचीसहित]

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनामा सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले लगातार अग्रता लिइरहेका छन् । 

पछिल्लो नतिजाअनुसार मिश्रले २८८२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठले १४२५ मत प्राप्त गरेका छन् ।​​ 

यसैगरी, अध्यक्षका अन्य उम्मेदवार राजु कैतीले ३६, आशिष पौडेलले २६  र उज्वल घिमिरेले १२ मत पाएका छन् ।

यस्तै, उपाध्यक्षमा पदमप्रसाद लिम्बूले ३०५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कर्णबहादुर राईले १११२  मत ल्याएका छन् ।​

अर्को उपाध्यक्षमा अजय शंकर झाले ३०५२ मत पाएका छन् भने प्रमोद प्रसादले १०९७ मत पाएका छन् । ​

२७औं केन्द्रीय कार्यसमितिको २५ सदस्यका लागि ५७ जनाबीच चुनाव भएको थियो । कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । ​

बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।

हेर्नुहोस् अहिलेसम्मको मतपरिणाम :

null


 

salt training

कमेन्ट गर्नुहोस्