३० असार २०८३, मंगलबार

चारदेशीय टी–२० सिरिजमा नेपालको विजयी शुरूआत

चैत २७, २०८१
काठमाडौं
चारदेशीय टी–२० सिरिजमा नेपालको विजयी शुरूआत

चारदेशीय टी–२० सिरिजमा नेपालले विजयी शुरूआत गरेको छ । बुधबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको हो ।

कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । 

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए। अर्का ओपनर आसिफ शेखले २१ बलमा चार चौकासहित ३३ रन बनाए।

कप्तान रोहितकुमार पौडेलले ३७ र बसीर अहमदले ३० रनमा नटआउट रहे । कतारका मुजीब–उल–रहमानले दुई विकेट लिए । 

त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार गरेको थियो ।

कतारका कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए ।

नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सनकुमार झा र ललितनारयण राजवंशीको नाममा समान एक विकेट रह्यो ।

salt training

कमेन्ट गर्नुहोस्