२५ जेठ २०८३, सोमबार

बन्दीपुरमा ९० वटा कुकुरको बन्ध्याकरण

चैत २७, २०८१
तनहुँ
बन्दीपुरमा ९० वटा कुकुरको बन्ध्याकरण

तनहुँको बन्दीपुर गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमार्फत ९० वटा कुकुरको बन्ध्याकरण गरिएको छ।

शिविरमा सामुदायिक तथा घरपालुवा कुकुरलाई लक्षित गर्दै स्वास्थ्य परीक्षणसहित बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ।

कुकुरको संख्या नियन्त्रण, जनस्वास्थ्य र सुरक्षाका लागि शिविर सञ्चालन गरिएको हो ।

पशु सेवा केन्द्रसँगको समन्वयमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्