२४ जेठ २०८३, आइतबार

ट्रम्पको घोषणापछि भारतीय औषधि कम्पनीहरूको शेयरमा गिरावट

चैत २७, २०८१
काठमाडौं
ट्रम्पको घोषणापछि भारतीय औषधि कम्पनीहरूको शेयरमा गिरावट

अमेरिकी राष्ट्रपति ट्रम्पले औषधिमा कर लगाउने घोषणा गरेसँगै भारतीय औषधि कम्पनीहरूको शेयर १.७ प्रतिशतले घटेको छ। अमेरिका भारतीय औषधिको लागि ठूलो बजार हो ।

ट्रम्पले गत हप्ता कर घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए । तर, ट्रम्पको अडान परिवर्तन भएदेखि औषधि कम्पनीहरूको शेयरमा ठूलो उतारचढाव आएको छ ।

बायोकन, लौरस ल्याब्स र लुपिनजस्ता औषधि कम्पनीहरूले सबैभन्दा बढी घाटा बेहोरेका छन् । यी औषधि कम्पनीहरूको शेयर ३ प्रतिशतले घटेर ५ प्रतिशत पुगेको छ ।

अन्य प्रमुख कम्पनीहरूमध्ये सन फार्मास्युटिकल इन्डस्ट्रीज, सिप्ला र डा. रेड्डीज ल्याबोरेटरीजको शेयर १ प्रतिशतदेखि २ प्रतिशतसम्म घटेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

ट्रम्पले औषधिमा कहिले र कति कर लगाउने भनेर अझै स्पष्ट पारेका छैनन् । यद्यपि, उनले चाँडै नै घोषणा गर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्