
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय शिक्षा विभागले शिक्षा ऐन नबन्नु लज्जास्पद विषय भएको बताएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले संविधान बनेको लामो समयसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद भएको बताएको हो ।
'संविधान बनेको यतिका वर्षसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद छ। सरकार आफैंले बनाएको उच्चस्तरीय शिक्षा आयोग, २०७५ को प्रतिवेदन लुकाएर पनि शिक्षा ऐन निर्माणलाई पर धकेल्ने कार्य भयो,' विभाग प्रमुख एवं सहमहामन्त्री सुमना श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै रास्वपाले यसमा पार्टीको फरक मत नरहेको स्पष्ट पारेको छ ।

