३१ जेठ २०८३, आइतबार

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

चैत २७, २०८१
झापा
झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।     
     
घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । 

आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्