
अछाममा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामारोशन गाउँपालिका- ५ बस्ने ५१ वर्षीय चेतमान रोकाया छन् । उनलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रोकायाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।