०७ साउन २०८३, बिहीबार

बार निर्वाचन : मिश्र प्यानलको फराकिलो अग्रता, २६६३ मतले पछि परे श्रेष्ठ, अरू कसले कति पाए ? [सूचीसहित]

चैत २७, २०८१
काठमाडौं
बार निर्वाचन : मिश्र प्यानलको फराकिलो अग्रता, २६६३ मतले पछि परे श्रेष्ठ, अरू कसले कति पाए ? [सूचीसहित]

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहले फराकिलो अग्रता बनाएको छ ।

नेतृत्व चयनका लागि शनिबार भएको मतदानको गणनाअनुसार सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले लगातार आफ्नो अग्रता बनाइरहेका छन् ।

पछिल्लो नतिजाअनुसार मिश्रले ४८९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठले २२२९ मत प्राप्त गरेका छन् ।​​ 

यसैगरी, अध्यक्षका अन्य उम्मेदवार राजु कैतीले ४६, आशिष पौडेलले ५२ र उज्वल घिमिरेले ४४ मत पाएका छन् ।

यस्तै, उपाध्यक्षमा पदमप्रसाद लिम्बूले ५०४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कर्णबहादुर राईले १७४१ मत ल्याएका छन् ।​

अर्को उपाध्यक्षमा अजयशंकर झाले ५०६८ मत पाएका छन् भने प्रमोद प्रसादले १६८६ मत पाएका छन् । ​

२७औं केन्द्रीय कार्यसमितिको २५ सदस्यका लागि ५७ जनाबीच चुनाव भएको थियो । कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । ​

बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । ​​​

हेर्नुहोस् अहिलेसम्मको मतपरिणाम : 

nullnull

salt training

कमेन्ट गर्नुहोस्